इलाममा धेरै मान्छेहरूले आत्महत्या गर्ने (जीवन रोज्ने कि मृत्यु ?)

Share this history on :


illamइलाममा विगतको वर्षहरुभन्दा यस वर्ष आत्महत्या गर्नेको संख्यामा बृद्धि भएको पाईएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०६६/६७ मा जिल्लामा १२ जनाले आत्महत्या गरेका थिए भने २०६७/२०६८ मा १५ जनाले आत्महत्या गरेको पाईएको छ । जसअर्न्तगत नौ जनाले झुन्डिएर पाँच जनाले विष पिएर, एक जनाले हाम फालेर आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ ।
एक दशक अघिसम्म सबैभन्दा बढी आत्महत्या गर्ने जिल्लाको रुपमा परिचित यस जिल्लामा आर्थिक वर्ष २०६३/२०६४ देखि भने क्रमशः घट्दै गएको थियो । अहिले इलाममा धेरै मान्छेहरूले आत्महत्या गर्छन् रे, पख्नुहोस्- आत्महत्या गरेर तपाईंले कुनै पुरुषार्थ गर्नुहुन्न, बरु कायर कामचाहिँ तपाईंले गर्दै हुनुहुन्छ । त्यसो भए मान्छे भएर किन कायर काम गर्ने ? जति दुःख किन नहोस्, कुनै पुरुषार्थ नगर्ने ? पख्नुहोस्, तपाईं जीवन चाहनुहुन्छ कि मृत्यु ? जब तपाईं जीवन चाहनुहुन्छ भने जतिसुकै अप्ठ्यारो होस्, तपाईंसामु सम्भावनाहरू असंख्य छन् । मृत्यु चाहनुहुन्छ भने जतिसुकै सरल र सहज होस्, त्यहाँ तपाईंका लागि सबै बाटाहरू बन्द हुन्छन् । अब रोजाई तपाईंको, जीवन रोज्ने कि मृत्यु ?

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

Thank you for visited me, Have a question ? Contact on : youremail@gmail.com.
Please leave your comment below. Thank you and hope you enjoyed...